facebook code

This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Friday, December 18, 2009

सोलुखुम्बुका एम्बुलेन्स-चन्द्रबहादुर

२५ मंसिर, सोलुखुम्बु । जिल्लाको नेचा बेतघारी गाउँ विकास समितिमा कोही बिरामी हुनासाथ चन्द्रबहादुर नेपालीलाई बोलाउने गर्छन् । नेपाली न डाक्टर हुन् न धामीझाँक्री नै । तैपनि कोही बिरामी हुनासाथ उहाँलाई बोलाउन बाध्य हुन्छन् स्थानीय बासिन्दा ।गोरखापत्र दैनिकमा खबर छापिएको छ ।स्थानीय बासिन्दाले उनलाई बोलाउनुको एउटै कारण हो- बिरामी बोक्न । गाउँमा कोही बिरामी हुनासाथ उनलाई गुहार माग्ने गर्छन् स्थानीय बासिन्दा ।सहर-बजारमा एम्बुलेन्सले बिरामी बोक्ने गरे पनि सोलुखुम्बुमा त्यो सुविधा छैन ।
सहर-बजारमा एम्बुलेन्सले बोक्ने बिरामी यहाँ चन्द्रबहादुर नेपालीले बोक्ने गर्नुहुन्छ । बिरामी बोकेर अस्पतालसम्म पुर्‍याउने काम गर्ने भएकाले नै स्थानीय बासिन्दाले चन्द्रबहादुर नेपालीलाई ‘गाउँको एम्बुलेन्स’ भन्ने गर्छन् । नेचा बेतघारी-७ थुम्कीका स्थानीय बुद्धिजीवी जीतमान राई भन्नुहुन्छ, ‘गाउँको नजिक अस्पताल छैन, कोही बिरामी पर्‍यो कि चन्द्रबहादुरलाई गुहार नमागी सुखै छैन ।’साह्रोगाह्रोमा बिरामी बोकेर अस्पतालसम्म पुर्‍याउने काम नै चन्द्रबहादुर नेपालीको पेसा बन्यो । नेपाली भन्नुहुन्छ, ‘नेचा बेतघारी गाविसको मात्रै पाँच सयजना बिरामी बोकेर अस्पताल पुर्‍याइसकेको छु ।’ नेचा बेतघारी-७ थुम्की निवासी उहाँले बिरामी बोकेर हात लागेको पारिश्रमिकले दसजनाको परिवार पाल्दै आउनुभएको छ ।
नेचा बेतघारीको मात्रै नभएर जिल्लाको पन्चन, सोताङ, मुक्ली, सल्यान र जुबु गाविसकाले पनि उहाँलाई बिरामी बोक्न बोलाउने गर्छन् । बाल्यकालदेखि नै भारी बोक्दै आउनुभएको उहाँले भन्नुभयो, ‘भारी बोक्नुभन्दा डोकोमा बिरामी बोक्न अप्ठ्यारो हुन्छ । बिरामीको अवस्था हेरेर हिँड्नुपर्ने हुन्छ । संवेदनशील बिरामी भए त खान त के ठाउँ-ठाउँमा बिसाउनसम्म पाइँदैन ।’ बिरामीलाई डोकोमा बोकेर जिल्ला अस्पताल फाप्लु, ओखलढुङ्गा मिसन अस्पताल र उदयपुरको कटारीसम्म पुगेको बताउने उहाँले भन्नुभयो, ‘आजसम्म जति बिरामी बोकेँ त्यसमा दुईजनाको ज्यान गयो । बाँकी सबैलाई अस्पताल पुर्‍याएर सफल उपचारपछि बोकेर बिरामीको घरसम्म ल्याएको छु ।’

गोर्खाल्याण्ड आन्दोलन चर्किने

२८ मंसिर, काठमाडौं । तलंगनालाई छुट्टै राज्य बनाउने भारतीय केन्द्र सरकारको घोषणाले दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलन चर्काईदिएको छ । गृहमन्त्री पी चितम्बरम्ले त्यस्तो घोषणा गरेलगत्तै गोर्खाल्यान्ढ आन्दोलनले नयाँ मोड लिएको हो । उस्तै प्रकृतिको मागमा सरकारले आलटाल गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चा -गोजमुमो)ले संघर्षका थप कार्यक्रम ल्याएको छ । मोर्चा केही वर्षयता गोर्खाल्यान्ड आन्दोलनको अगुवा हो ।
गृहमन्त्री चितम्बरमले आन्ध्र प्रदेश टुक्राएर तेलंगना राज्य दिने प्रक्रिया थाल्ने बताएपछि त्यसको असर दार्जिलिङमा परेको हो । गोर्खाल्यान्ड समर्थकले तेलंगनामा भएको पछिल्लो पृथकतावादी आन्दोलनकै शैलीको सिको गर्दै आमरण अनसन थालेका छन् । गोर्खा जनमुक्ति मोर्चा र उसका भातृ संस्थाका कार्यकर्ताले दार्जिलिङ, खर्साङ कालिम्पोङ, डुवर्स र सिलिगुढीका विभिन्न स्थानमा तीन दिनअघि अनसन थालेका हुन् । गजुमोले सोमबारदेखि विहीबारसम्म दार्जिलिङ बन्द घोषणासमेत गरको छ ।राज्य दिने घोषणा गर्नुअघिसम्म आन्ध्र प्रदेशमा के चन्द्रशेखर रावको नेतृत्वमा ११ दिनसम्म आमरण अनसन जारी थियो ।

photo


Twitter Delicious Facebook Digg Stumbleupon Favorites More