facebook code

Friday, December 18, 2009

गोर्खाल्याण्ड आन्दोलन चर्किने

२८ मंसिर, काठमाडौं । तलंगनालाई छुट्टै राज्य बनाउने भारतीय केन्द्र सरकारको घोषणाले दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलन चर्काईदिएको छ । गृहमन्त्री पी चितम्बरम्ले त्यस्तो घोषणा गरेलगत्तै गोर्खाल्यान्ढ आन्दोलनले नयाँ मोड लिएको हो । उस्तै प्रकृतिको मागमा सरकारले आलटाल गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चा -गोजमुमो)ले संघर्षका थप कार्यक्रम ल्याएको छ । मोर्चा केही वर्षयता गोर्खाल्यान्ड आन्दोलनको अगुवा हो ।
गृहमन्त्री चितम्बरमले आन्ध्र प्रदेश टुक्राएर तेलंगना राज्य दिने प्रक्रिया थाल्ने बताएपछि त्यसको असर दार्जिलिङमा परेको हो । गोर्खाल्यान्ड समर्थकले तेलंगनामा भएको पछिल्लो पृथकतावादी आन्दोलनकै शैलीको सिको गर्दै आमरण अनसन थालेका छन् । गोर्खा जनमुक्ति मोर्चा र उसका भातृ संस्थाका कार्यकर्ताले दार्जिलिङ, खर्साङ कालिम्पोङ, डुवर्स र सिलिगुढीका विभिन्न स्थानमा तीन दिनअघि अनसन थालेका हुन् । गजुमोले सोमबारदेखि विहीबारसम्म दार्जिलिङ बन्द घोषणासमेत गरको छ ।राज्य दिने घोषणा गर्नुअघिसम्म आन्ध्र प्रदेशमा के चन्द्रशेखर रावको नेतृत्वमा ११ दिनसम्म आमरण अनसन जारी थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More